‘डिसेम्बर फल्स’ सेटबाट बाहिरिए आर्यन र उपासनाका तस्विर



रंगखबर, काठमाडौँ – कलाकारद्वय आर्यन सिग्देल र उपासना सिंह ठकुरीको छायांकनरत फिल्म ‘डिसेम्बर फल्स’को सेटबाट ‘अनसिन’ तस्विर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सार्वजनिक गरेको तस्विरमा आर्यन र उपासनाको प्रेमिल अन्दाज देख्न सक्छौँ । तस्विरमा दुईको जोडी सुहाएको छ ।

प्रविण झाले निर्देशन गरिरहेको फिल्मको अहिले पोखरामा धमाधम छायांकन भइरहेको छ । पोखरा छायांकनको अन्तिम चरणमा रहेको फिल्मलाई महेश आर गुप्ताले खिचिरहेका छन् । पोखरापछि निर्माण टिम २ साता छायांकनको लागि राजधानी फर्किनेछ ।

केदार भुषालको पटकथा/संवाद रहेको फिल्ममा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारहरु पनि अभिनय गरिरहेका छन् ।

लक्ष्मण रिजालको कार्यकारी निर्माण रहेको फिल्ममा रामप्रसाद रिजाल प्रस्तुतकर्ता र राजकुमार भट्ट निर्माताको रुपमा छन् ।

निर्माण पक्षले फिल्मको रिलिज डेट २०७८ को साउन १ लाई तोकेको छ । यो मितिमा दक्षिण भारतीय फिल्म ‘केजिफ: च्याप्टर २’ पनि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्