कपूर खानदानमा अर्को झट्का, रहेनन् राजीव कपूर



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता राजीव कपूरको निधन भएको छ । हृदयघातका कारण ५८ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो ।

राजीव, स्वर्गीय अभिनेता ऋषि कपूर र अभिनेता रणधीर कपूरका भाई हुन् । उनी भेट्रान बलिउडकर्मी राज कपूरका कान्छा छोरा हुन् ।

सन् १९८३ मा ‘एक जान हे हम’बाट बलिउड डेब्यु गरेका राजीवले केहि फिल्ममा मात्र अभिनय गरेका छन् । उनि पिता राज कपूरको निर्देशनमा बनेको फिल्म ‘राम तेरी गंगा मेली’बाट चर्चामा आएका थिए । 

राजीवले ‘आसमान’, ‘मेरा साथी’, ‘जबरजस्त’, ‘लभर व्वाय’, ‘प्रीति’, ‘जलजला’, ‘हम तो चले प्रदेश’, ‘सुक्रिया’, ‘नाग नागिन’, ‘जिम्मेद्वार’जस्ता फिल्ममा अभिनय गरेका थिए । उनले आफ्नो करिअरमा एक मात्र फिल्म ‘प्रेम ग्रन्थ’ निर्देशन गरेका थिए ।

बलिउडको प्रतिष्ठित कपूर खानदानमा लगातार झट्का लागिरहेको छ । सन् २०१८ को अक्टुबरमा राज कपूरकी पत्नी कृष्णा कपूरको निधन भएको थियो । यस्तै २०२० जनवरीमा राज र कृष्णाकी जेठी छोरी ऋतु कपूर नन्दाले संसार छोडेकी थिइन् ।

कृष्णाको निधन भएको तीन महिना नपुग्दै अभिनेता ऋषि कपूरको निधन भयो । ऋषि बितेको १० महिना मै राजीवको निधन हुँदा कपूर परिवार शोकमा डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्