राजेशको ‘सत्यम्’मा पलको इन्ट्री



रंगखबर, काठमाडौँ –  राजेश हमालको शिर्ष भूमिका रहने फिल्म ‘सत्यम्’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । पलले कथाबस्तु र भूमिका मन पराएर फिल्म साइन गरेको निर्माता रेशम सापकोटाले जानकारी दिए ।

शंकर कार्कीले निर्देशन गर्ने फिल्ममा यसअघि नै अभिनेता हमाल र अनुपविक्रम शाही फाइनल भइसकेका थिए । फिल्मी क्षेत्रका तीन चर्चित अभिनेताको प्रवेशसँगै ‘सत्यम्’को लाइनअप पनि बलियो बन्दै गएको छ ।

पहिलो पटक राजेश हमालसँग स्क्रिन शेयर गर्न पाउँदा पल उत्साहित रहेको निर्माण पक्षले बताएको छ । पलले राजेशलाई आफ्नो आदर्श मान्ने गरेका छन् । 

निर्माण पक्षले अडिसनबाट बाँकी कलाकारहरुको टुंगो लगाउदैछ । जसको लागि कास्टिङ कल पनि आव्हान गरिएको छ । 

फिल्ममा बिदुर पाण्डे ‘नबिन’को डिओपी’, अष्टमान महर्जनको द्वन्द्व र योगेश काजी/गणेश पौडेल/कुटुम्ब ब्याण्डको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्