अन्जु पन्तले गरिन विहे



रंगखबर, काठमाडौँ – गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् ।

अन्जु र थिरले पाटनस्थित एक चर्चमा इसाई परम्परा अनुसार विवाह गरेका हुन् । उनीहरुको विवाहमा परिवार, आफन्त र नजिक व्यक्ति मात्र उपस्थित थिए । विवाहको तस्विरमा दुवै जना खुसि देखिएका छन् ।

आजभन्दा १ दशक अगाडी गायिका पन्तले गायक तथा संगीतकार मनोजसँग डिभोर्स गरेकी थिइन् । त्यसपश्चात उनि छोरी परितोशिकासँग बस्दै आइरहेकी थिइन् ।

महिना अगाडी मात्रै अन्जु स्वयम्ले विवाह गर्न लागेको खुलासा गरेकी थिइन् । तर, उनको विवाहको मिति सार्वजनिक गरिएको थिएन । अन्तत: आफ्ना प्रशंसकहरुलाई सरप्राइज दिदै गुपचुपमा विवाह सम्पन्न गरेकी हुन् ।

तस्विर: सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्