‘गंगुबाई काठियावाड़ी’ टिजर: ‘कुमारी तपाईले छोड्नु भएन, श्रीमती कसैले बनाएनन्’



रंगखबर, काठमाडौँ – निर्देशक संजयलीला भन्सालीको आगामी फिल्म ‘गंगुबाई काठियावाड़ी’को टिजर सार्वजनिक गरिएको छ । भन्सालीको पछिल्लो फिल्म ‘पद्मावत’ तीन वर्ष अगाडी प्रदर्शनमा आएको थियो ।

१ मिनेट ३१ सेकेण्ड लामो टिजरमा अभिनेत्री आलिया भट्ट छाएकी छन् । उनी फिल्मको शिर्ष भूमिका छिन् । गंगुबाईको भूमिकामा उनि जबरजस्त लाग्छिन ।

फिल्मको टिजरमा थुप्रै शक्तिशाली संवाद पनि सुन्न सकिन्छ । अन्त्यमा अलियाले बोल्ने संवादले पात्रको मनोदशा प्रष्ट्याउछ । उनि भन्छिन, ‘कुमारी तपाईले छोड्नु भएन । श्रीमती कसैले बनाएनन् ।’

के हो कथा ?

यो फिल्म हुसैन जैदीको किताब ‘द माफिया क्विन अफ मुम्बई’मा आधारित रहेर निर्माण गरिएको हो । जहाँ माफिया क्विन गगुबाईको जीवनी प्रस्तुत गरिएको छ ।

गंगुबाईको पुरा नाम गंगा हरजीवनदास काठियावाड़ी हो । गंगुलाई आफ्नै श्रीमानले ५ सय भारुमा बम्बैको कोठीमा बिचिदिएका थिए । गंगु अभिनेत्री बन्ने लक्ष्य बोकेर आफ्ना नवविवाहित श्रीमानसँग बम्बै हानिएकी थिइन् ।

‘द माफिया क्विन अफ मुम्बई’का अनुसार माफिया डन करिम लालाका एक सदस्यले गंगुको बलात्कार गरेका थिए । त्यसपछि गंगुले न्यायका लागि करिम लालालाई भेटेकी थिइन् । त्यसपछि करिमलाई राखी बाँधिदिएर उनले दोस्रो जीवन सुरु गरेकी थिइन् । पछि गएर गंगु मुम्बईकी सबैभन्दा ठुलो महिला डन बनेकी थिइन् ।

फिल्ममा करिम लालाको भूमिका अजय देवगणले निर्वाह गरेका छन् । ‘हम दिल दे चुके सनम’पछि पहिलो पल्ट अजयले भन्सालीको निर्देशनमा काम गरेका हुन् ।

कमाठीपुरा रेड लाइट एरिमामा गंगुले कोठी चलाएर बसेकी थिइन् । उनि कसैको इछ्या बिना कोठीमा युवती भर्ना गर्थिनन । उनि आफ्नो पावर प्रयोग गरेर वेश्यालयको अधिकारका निमित्त लड्ने गर्थिन ।

यो फिल्म गुरुपुर्णिमाको अवसर पारेर साउन १५ देखि हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्