साउथ फिल्ममा स्वस्तिमाको डेब्यु



रंगखबर, काठमाडौँ – अहिलेकी लोकप्रिय तथा व्यस्त अभिनेत्री स्वस्तिमा खड्काले अब साउथ इण्डियन फिल्ममा डेब्यु गर्ने भएकी छन् । उनले साउथ फिल्म ‘थिरिमाली’ साइन गरेकी हुन् ।

तस्विर: स्वस्तिमा खड्काको फेसबुकबाट

राजीव सेट्टीले निर्देशन गर्ने फिल्ममा स्वस्तिमाको मुख्य भूमिका रहनेछ । फिल्म साइन गरेपछि आफुलाई ‘थिरिमाली’ले धेरै कुरा सकाउने विश्वास व्यक्त गरिन ।

निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’को छायांकन सकिएपछि स्वस्तिमाले यो फिल्मलाई समय दिनेछिन । फिल्मको ७० प्रतिशत नेपाल र ३० प्रतिशत छायांकन भारतमा हुनेछ । नेपालमा काठमाडौँ र मुस्ताङ लोकेशन तय गरिएको छ ।

सम्झौता गर्दै स्वस्तिमा र फिल्म टिम

दक्षिण भारतीय कम्पनि एन्जल मारिया सिनेमाज र नेपालको अनन्या फिल्म्सले निर्माण गर्ने फिल्ममा विविन जर्ज, जोनी एन्टीवनी, हरेश कनारान, आना रेश्मा, धर्मजान वोलगाट्टी लगायतका कलाकारको अभिनय रहनेछ । भने, नेपालबाट माओत्से गुरुङ र केहि थियटरका कलाकारहरुले अभिनय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्