कोमलको पक्षमा फिल्मकर्मी: भन्छन, ‘चरित्र हत्या गर्ने अधिकार छैन’



रंगखबर, काठमाडौँ – कलाकार तथा राष्ट्रिय सभा सांसद कोमल वली माथि प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले गरेको टिप्पणी विरुद्द कलाकारहरु जाइलागेका छन् ।

शनिबार आयोजित एक कार्यक्रमका बीच रघुजीले कोमल वलीको चरित्र हत्या हुने गरि तुच्छ टिप्पणी गरेका थिए । ‘विवाह नै नगरेर यो पार्टीमा बसेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन्, राष्ट्रिय सभा पनि पाएनन् ।’ उनले अगाडी भनेका थिए । 

‘कोमल वलीले यसो सारी सर्काएर, गोडा-पिडुला देखाउदै ‘पोइल जान पाम’ भनेपछि त सांसद त दिने भैगो । कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक चोटी राष्ट्रिय सभाको सदस्य हुन् पाएका छन्, न केन्द्रिय कमिटी सदस्य हुन् पाएका छन् । उनि राष्ट्रिय सभाको सदस्य पनि भइन, अहिले केन्द्रिय कमिटीको सदस्य पनि भइन ।’ उनले भाषणमा भनेका थिए ।

रघुजीको यस्तो टिप्पणीप्रति कोमलले जवाफ पनि दिइसकेकी छन् । उनि ट्वीटरमा लेख्छिन, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाे रहेछ भन्ने बल्ल खुलेकाे छ। पन्तजीलाई मेराे प्रश्न, तपाईकाे पार्टीमा कुनै पदमा रह नुभएका महिला नेतृहरुले काे-कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिला कुनै पदमा पुग्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ।

रघुजी पन्तको टिप्पणीलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । अभिनेत्री करिश्मा मानन्धर यस किसिमको टिप्पणीलाई अपराधीक मानसिकता मान्छिन । उनि लेख्छिन, ‘ठुला ठुला विचार बोक्छु भन्ने दावी गरेका , ठुला ठुला नाम भएका हाम्रा राजनीतिक अभिभावकहरुको एक अर्काे प्रति टिप्पणी र प्रतिकार गर्ने शब्द चयन देखेर आश्चर्यमा पार्थ्यो ! घोच पेच र ठट्यौलीको अभिव्यक्ति हो कि भन्ने भान पनि भान हुन्थ्यो ! अब त हुँदा हुँदा शब्दमा अपराधीक मानसिकता पनि देखिन थाल्यो । त्यो अभिव्यक्ति सुन्दा पनि त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर सेतै फुलेका बुज्रुक प्रति दया पनि लाग्यो ! सुझाव दिन मन लाग्यो । आदरणीय पहिला आफुले आफुलाइ सम्मान गर्नुस, अनि अरुलाई सम्मान गर्न स्वत सक्नुहुनेछ । छोरी चेलीबारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस । #RespectWomens Komal Oli .’

कलाकार तथा निर्देशक आकाश अधिकारी फेसबुकमा लेख्छन, ‘राजनीतिले बिचार माथि बहसगर, बिरोधगर, गरा वा समर्थनगर, गरा भन्छ तर कसैको चरित्र हत्यागर कदापी भन्दैन ! यो राजनितिको धर्म कतइ होइन ! निश्कलंक् महिला संचारकर्मी, कलाकार, कोमल ओली जी, उहाँको लोकप्रियता र सक्षमताको उपज हो, उहाँले पाउनु भएको सांसद पद ! यसरी बुझेका छौं हामी चलचित्रकर्मीले ! तपाईंजस्तो ब्यक्तीबाट यस प्रकारको तूच्छ सोच र शब्दको अपेक्षा हामी जनताले गरेका थिएनौं । रघुजी पन्त ज्यु ! पोइला जानपाउँ लोकप्रिय लोकगीत गायकै भरमा यो आरोप हो भने ! रमाइलो हाम्रो संकृति-परम्परा, गाईजात्राका प्रस्तोता कलाकारलाई कस्तो लाल्छना लगाउनु होला ? महिलाको सम्मान गरौं !’

चौतर्फी आलोचनामा परेपछि नेता रघुजीले माफी मागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्