आफ्नै आवाजमा पृथ्वीले ल्याए ‘शिव ताण्डव स्तोत्रम्’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल – सिजन २’बाट उदाएका गायक पृथ्वी खनालले ‘शिव ताण्डव स्तोत्रम्’ सार्वजनिक गरेका छन् । ताण्डवमा पृथ्वी स्वयम्ले आवाज दिएका छन् ।

परम्परागत शब्द र संगीतमा तयार ताण्डवमा देबेश राईको अडियो डिजाइन र मिक्सिङ छ ।

यस्तै बाँसुरीमा रत्न बि.के, सारंगीमा हेमन्त कान्छा रसाइली र ढोलक/मादलमा अनिल मगरले काम गरेका छन् ।

गृष्मा र गिरिश भट्टले निर्माण गरेको ताण्डवमा पिटर गुरुङको छायांकन, स्वोजन रघुवंशीको कोरियोगाफी, विष्णुहरी तिमिल्सिनाको सम्पादन र पृथ्वी स्वयंको निर्देशन छ ।

१० मिनेट लामो ताण्डवमा पृथ्वीसँगै स्वोजन रघुवंशी, सन्तोष पाण्डे (सस्मित), दिवाकर थपलिया र साधुहरु फिचर्ड छन् ।

फागुन २७ गते परेको महाशिवरात्रीलाई लक्षित गर्दै यो ताण्डव सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्