हलिउड फिल्मको कपि हो ‘हिरोपन्ती २’को पोस्टर ?



रंगखबर, काठमाडौँ – मार्च २ मा बलिउड अभिनेता टाइगर श्रोफको जन्मदिनमा उनि अभिनित फिल्म ‘हिरोपन्ती २’को पोस्टर रिलिज गरियो ।

टाइगरको एक्सन अवतार र पोस्टरले दर्शकको ध्यान तान्न सफल पनि भयो । तर, पोस्टर रिलिजको भोलि पल्टै ‘हिरोपन्ती २’लाई चोरीको आरोप लागेको छ ।

अहमद खान निर्देशित फिल्मको पोस्टर सन् २००७ मा रिलिज भएको हलिउड फिल्म ‘हिटम्यान’सँग ठ्याक्कै मिल्छ । अभिनेता टिमोथी ओलेयोको स्टाइलमा टाइगरले दुई हातले बन्दुक ताकेका छन् ।

‘हिरोपन्ती २’को पोस्टर चोरी भएको पत्ता लागेपछि अहिले टाइगर ट्रोलको शिकार भइरहेका छन् ।

एक्सन ड्रामा ‘हिरोपन्ती २’मा टाइगरसँगै तारा सुतारियाको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्