‘आँधी तुफान २’ निर्माण घोषणा, तीन युवती कथाका मुख्य पात्र



रंगखबर, काठमाडौँ – फिल्म ‘आँधी तुफान २’ निर्माण घोषणा गरिएको छ । यो १४ वर्ष अगाडी रिलिज भएको ‘आँधी तुफान’को सिरिज हो ।

महिला एक्सन प्रधान फिल्मलाई मदन घिमिरेले निर्देशन गर्नेछन् । भने, फिल्मका लेखक तथा निर्माता मौनता श्रेष्ठ हुन् । मौनताले सय भन्दा बढी फिल्मको स्क्रिप्ट लेखिसकेका छन् ।

थ्रिलर र सस्पेन्स फिल्ममा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल, कनिज कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।

एक पात्रको हत्या भएपछी अनुसन्धानको लागि परिचालित हुने तीन युवतीको कथामा फिल्म निर्माण गरिने निर्माण पक्षले बताएको छ ।

चैत पहिलो सातादेखि छायांकनमा जाने फिल्ममा सुरेश अधिकारीको संगीत, पैृम चुल्ठेको एक्सन, कमल राईको कोरियोग्राफी र रामशरण उप्रेतीको छायांकन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्