अक्षयको ‘राम सेतु’मा ज्याक्लिन र नूसरतको इन्ट्री



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’मा अभिनेत्रीद्वय ज्याक्लिन फर्नान्डेज र नूसरत भरुचाको इन्ट्री भएको छ ।

अब फिल्ममा ज्याक्लिन र नूसरतले अक्षयसँग स्क्रिन साझेदारी गर्नेछन् । नूसरतले पहिलो पटक अक्षयसँग स्क्रिन शेयर गर्न लागेकी हुन् । यस्तै ज्याक्लिनले भने ‘हाउसफुल २’, ‘ब्रदर्स’ र ‘हाउसफुल ३’ जस्ता फिल्ममा सँगै काम गरिसकेकी छन् ।

ज्याक्लिनले अक्षयको ‘बच्चन पाण्डे’मा पनि मुख्य भूमिका निर्वाह गर्ने छिन् । यो फिल्ममा कृति सेनोनलाई पनि देख्न सकिनेछ ।

‘राम सेतु’ गत वर्षको नोभेम्बरमा घोषणा गरिएको थियो । जसको छायांकन अयोध्यामा हुने सम्भावना धेरै छ । अयोध्या छायांकनको लागि अक्षयले उत्तर प्रदेशका सीएम योगी आदित्यनाथलाई भेटिसकेका छन् ।

यसै वर्षदेखि छायांकनमा जाने फिल्मलाई अभिषेक कपूरले निर्देशन गर्नेछन् । 

बलिउडका सर्वाधिक व्यस्त अभिनेता अक्षयका ‘सूर्यवंशी’, ‘अतरंगी रे’, ‘रक्षा बन्धन’, ‘बच्चन पाण्डे’, ‘बेल बटम’ जस्ता फिल्म पाइपलाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्