FJA Nepal शाखा बिस्तार: निलिमा पौडेलको अध्यक्षतामा पर्सा गठन



रंगखबर, काठमाडौँ – चलचित्र पत्रकार संघ, नेपाल देशभरि आफ्ना शाखा विस्तारको क्रममा छ । बुधबार संघले सुनसरी शाखा गठन गरेको थियो ।

बिहिबार केन्द्रिय कार्यसमितिका महा-सचिव समीर बलामीको प्रमुख आतिथ्यमा पर्सा शाखा गठन भएको छ । 

रेडियो वीरगन्जकी कार्यक्रम संयोजक निलिमा पौडेलले पर्सा शाखाको नेतृत्व पाएकी छन् । उनको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

पर्सा कार्यसमितिको उपाध्यक्षमा विवेक कर्ण छन् । यस्तै सचिवमा सूर्यनारायण वि.क, सह-सचिवमा प्रणय शाह र कोषाध्यक्षमा समिना रन्जितकार रहेका छन् । कार्यसमितिको सदस्य तर्फ सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादव, रञ्‍जित यादव र एञ्जल चौधरी रहेका छन् ।

शाखा गठनमा क्रममा केन्द्रिय महा-सचिव समीर बलामीले अब पर्सा जिल्लामा पनि फिल्म र कलाको नजर पर्ने आशा व्यक्त गरे । ‘वीरगन्ज देशको ठुलो व्यापारिक केन्द्र भएपनि यो क्षेत्रमा फिल्मको चहलपहल त्यति छैन । अब फिल्म बजारको सम्भावना बढ्नेछ ।’ बलामीले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, चलचित्र निर्माता एवम् होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरी पन्त, ब्रोडकास्टिंग एशोसियसन नेपाल प्रदेश न. २ का संयोजक आरसी यादब, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का संयोजक निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चलचित्र पत्रकार संघ सुनसरी गठन, देशभरी पुगे ९ शाhttps://www.rangakhabar.com/2021/03/04/fja-nepal-sunsari/खा

प्रतिक्रिया दिनुहोस्