पुष्पलाई श्रद्धाको डियर बन्ने रहर ~ भिडियो ~



रंगखबर, काठमाडौँ – चैत २७ गते रिलिज हुने फिल्म ‘कृष्ण लीला’को दोस्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्दी तामाङ, रविन्द्र झालगायतका कलाकारहरु नृत्य गरेका छन् ।

अर्जुन पोखरेलको संगीतमा तयार गीतमा निशान भट्टराई र समिक्षा अधिकारीको स्वर छ । नारायण प्रसाद बाँस्कोटाको शब्द रचना रहेको गीतको भिडियो कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

दीपक ओलीले निर्देशन गरेको फिल्ममा पुष्प, श्रद्धा, बुद्दि र रविन्द्रका अलावा भावना गुरुङ र नविन रेग्मीको पनि मुख्य भूमिका छ ।

लक्ष्मण सुवेदीले लेखेको फिल्ममा शिव ढकाल/बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

रोहित कटेलको प्रस्तुति रहेको ‘कृष्ण लीला’का निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ रहेका छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको फिल्ममा सह-निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्मको रोमान्टिक नम्बर ‘कुनै दिन त्यो कथामा’ले बिस्तारै चर्चा बटुल्दै छ । उक्त गीतले फिल्मको प्रचारमा राम्रो सहयोग पुर्याउने निर्माण पक्षले आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्