अडिसन आव्हान: फिल्म ‘प्रेमगन्ज’ले खोज्यो कलाकार



रंगखबर, काठमाडौँ – परिच्छेद सेनले निर्देशन गर्ने फिल्म ‘प्रेमगन्ज’को कलाकार छनोटका निमित्त अडिसन आव्हान गरिएको छ ।

निर्माण पक्षले मुख्य भूमिकाका लागि तीन युवती र एक युवकको खोजी गरेको हो । १४ देखि २० वर्ष उमेर समुहका एक युवक, सोहि उमेरका दुई जना युवती र २५ देखि ३० वर्ष उमेर समुहको एक जना महिलाको आवश्यकता परेको निर्माण पक्षले पोस्टरमा उल्लेख गरेको छ ।

इच्छुक व्यक्तिले फिल्मको मेल आइडीमा आफ्नो आवश्यक बायोडाटा पठाउनु पर्नेछ । फागुन २७ गते कान्तिपुर फिल्म एकेडेमी, थापागाउँमा अडिसन आयोजना हुनेछ ।

बैशाखदेखि छायांकनमा जाने ‘प्रेमगन्ज’लाई राजु फुयालले निर्माण गर्नेछन् । प्रेमकथामा आधारित रहने फिल्मलाई चलचित्र चौतारीको व्यानरबाट निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्