यस्तो बन्यो ‘लप्पन छप्पन २’ ट्रेलर ~ भिडियो ~



रंगखबर, काठमाडौँ – चैत २७ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा एक प्रेसमिटका बीच फिल्मको ट्रेलर रिलिज गरियो ।

मुकुन्द भट्ट निर्देशित फिल्मको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलर एक्सन प्याक्ड छ । विदेशी भुमिमा खिचिएको फिल्मको मेकिङ रिच देखिन्छ । मुख्य कलाकारहरु, सौगात मल्ल, अनुपविक्रम शाही र अर्पण थापाको अवतारले दर्शकमा कौतुहलता पैदा गर्छ ।

पैसा, सत्ता र शक्तिलाई आधार बनाइएको फिल्मको ट्रेलरले पैसा चोरीको कथा भन्ने अनुमान लगाउन सकिन्छ । तर, निर्माण पक्षले कथा बस्तुबारे बोलेको छैन ।

मुकुन्द भट्ट, सुनिल नेउरे र अमित शर्माको पटकथामा सौगात, अनुपविक्रम र अर्पणका अलावा शिव श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरीलगायतका कलाकारहरुको अभिनय छ । यहि फिल्म मार्फत शक्ति श्रेष्ठ, कालोरिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सिर्जना सिना र रन्जीत ओन्ताले डेब्यु गर्दैछन् ।

राजेन्द्र भट्ट (मिस्टर आरजे), शम्भुजित बाँस्कोटा, दीपक आरजे र बुलेट फ्लोको संयुक्त संगीत रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । 

प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदीप चन्द्र भक्रेल र सन्तोष चन्द्र भक्रेलको लगानी रहेको फिल्मका सहनिर्मातामा राजिब तामाङ, बेदबहादुर थापा, मुकेश बोहरा, रानु तिमिला, तारा चन्द्र शर्मा र सुरज केसी छन् ।

प्रतिक्रिया दिनुहोस्