दशौँ नेफ्टामा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’को दवदबा (विजेताको सुची)



रंगखबर, काठमाडौँ – राजधानीमा सम्पन्न दशौँ नेफ्टा अवार्डमा फिल्म ‘छक्का पन्जा ३’ले वर्चश्व जमाएको छ । दीपाश्री निरौला निर्देशित फिल्मले कथा, पटकथा, फिल्म, निर्देशन, पपुलर र हाँस्यकलाकारसहित मुख्य ६ विधामा अवार्ड जित्न सफल भयो ।

कुल ३६ विधा मध्ये ६ विधामा फिल्म ‘प्रसाद’ले अवार्ड जित्न सफल भयो । पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न समारोहमा ‘प्रसाद’ले संवाद, गीतकार, संगीत, एरेञ्जर, गायक र अभिनेता विधाका अवार्ड आफ्नो पोल्टामा पारेको थियो ।

यस्तै ‘रोमियो एण्ड मुना’, ‘डमरुको डण्डीबियो’, ‘ए मेरो हजुर ३’ले समान ३/३ विधाका अवार्डमा कब्जा जमाए ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विपिन कार्कीले फिल्म ‘प्रसाद’बाट उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म ‘साइँली’बाट मेनुका प्रधानको पोल्टामा पर्न गयो ।

यस्तै अभिनेता अनमोल केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पपुलर अवार्ड थमाइयो । फिल्म तर्फ ‘छक्का पन्जा ३’ पपुलर ठहरिदा ‘हरि’लाई जुरी अवार्ड दिइयो ।

‘छक्का पन्जा ३’बाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशक र फिल्मको अवार्ड उचालिन । भने, संगीता श्रेष्ठले ‘कथा काठमाडौँ’बाट नवनिर्देशकको अवार्ड जितिन । ‘इन्टु मिन्टू लण्डनमा’बाट धिरज मगर र ‘ए मेरो हजुर ३’बाट सुहाना थापाले नवअभिनेता/नवअभिनेत्रीको अवार्ड उचाले ।

थुप्रै फिल्मकर्मीको उपस्थिति रहेको अवार्ड समारोहमा भारतबाट अभिनेत्रीद्वय नीरुता सिंह र विपना थापालाई निम्त्याइएको थियो ।

अवार्डमा साउन्ड इन्जिनियर प्रदिपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरुलाई ताम्रापत्र र चेक प्रदान गरेका थिए ।

ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघले संयुक्त रुपमा आयोजना गरेको अवार्ड ६ घण्टासम्म चलेको थियो । दशौँ संस्करणको समारोहमा २०७५ सालमा रिलिज भएका फिल्महरु प्रतिस्पर्धामा थिए ।

अवार्ड विजेताहरुको पूर्ण सुची 

मेकअप एन्ड हेयर : शमशेर लामा (रोमियो एन्ड मुना)

कस्ट्युम डिजाइनर : युबी थापा (इन्टुमिन्टु लन्डनमा)

कला निर्देशक : पासाङ टी शेर्पा (रोमियो एन्ड मुना)

ब्याकग्राउन्ड स्कोर : एलिस कार्की (डमरुको डन्डिबियोँ)

ध्वनी मिश्रण : मुकेश शाह (डमरुको डन्डिबियोँ)

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)

संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)

एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)

गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)

गायिका : समिक्षा अधिकारी, नाइँ नभन्नू ल ५ 

कथा : छक्का पञ्जा ३

पटकथा : छक्का पञ्जा ३ (दीपकराज गिरी)

संवाद : सुशिल पौडेल (प्रसाद)

ट्रेलर : साहिल खान (ए मेरो हजुर ३)

भीएफएक्स : रोमियो एन्ड मुना

रङ संयोजन : अर्जुन कार्की (हरी)

आदिवासी जनजाति : प्राङ्गना (तामाङ फिल्म)

सह–अभिनेत्री (महिला) : सुरक्षा पन्त (गोपी)

सह–अभिनेता (पुरुष) : अनुप बराल (डमरुको डन्डिबियोँ)

अभिनेता–नेगेटिभ रोल : प्रमोद अग्रहरी (कथा काठमाण्डू्)

अभिनेता कमेडी : केदार घिमिरे (छक्का पञ्जा ३)

द्वन्द्व निर्देशक : चन्द्र पन्त (रणवीर)

नृत्य निर्देशक : कविराज गहतराज (ए मेरो हजुर ३)

डेब्यु अभिनेत्री : सुहाना थापा (ए मेरो हजुर ३)

डेब्यु अभिनेता : धीरज मगर (इन्टु मिन्टु लन्डनमा)

डेब्यु निर्देशक : संगीता श्रेष्ठ (कथा काठमाडौं)

सम्पादक : मित्र गुरुङ (कथा काठमाडौं)

छायांकार : चिन्तनराज भण्डारी (हरी)

पपुलर अभिनेत्री : साम्राज्ञी शाह

पपुलर अभिनेता : अनमोल केसी

पपुलर फिल्म : छक्का पञ्जा ३

जुरी अवार्ड फिल्म : हरि

अभिनेता : बिपिन कार्की (प्रसाद)

अभिनेत्री : मेनुका प्रधान (साइँली)

निर्देशक : दीपाश्री निरौला (छक्का पञ्जा ३)

फिल्म : छक्का पञ्जा ३

लाइफ टाइम एचिभमेन्ट अवार्ड : प्रदिपकुमार उपाध्याय र नारायण तिमिल्सिना

प्रतिक्रिया दिनुहोस्