विकेन्डमा ‘रुही’को सन्तोषजनक व्यापार



रंगखबर, काठमाडौँ – कोरोनाको प्रभाव कम हुँदै जाँदा विश्वव्यापी रुपमा मनोरंजन क्षेत्रले राहत महशुस गर्दै गइरहेको छ । 

नेपालमा फाटफुट रुपमा फिल्म रिलिज हुन् थालेका छन् । तर, भारत सरकारले शतप्रतिशत अकुपेन्सीका साथ हलमा दर्शक राख्न छुट दिएपछि बक्सअफिसमा टिकट लिनेको संख्या बढ्दैछ ।

यसै बीच महाशिवरात्रीको अवसर पाएर विहिबार रिलिज भएको फिल्म ‘रुही’ले सन्तोषजनक व्यापार गर्न सफल भएको छ ।

राजकुमार राव र जाहन्वी कपूर स्टारर ‘रुही’ले पहिलो विकेन्डमा १२.५८ करोड नेट कलेक्सन गर्न सफल भयो । ३.०६ करोडको ओपनिङ गरेको फिल्मले शुक्रबार २.२५, शनिबार ३.४२ र आइतबार ३.८५ करोडको व्यापार गर्यो ।

‘रुही’को व्यापारलाई ट्रेड एनालिस्टहरुले सन्तोषजनक भनेका छन् । हार्दिक मेहताले निर्देशन गरेको यस हरर कमेडी फिल्म ३५ करोडको बजेटमा निर्माण भएको हो ।

विकेन्डको व्यापार राम्रो भएपनि विकडेजको कलेक्सनमा भने गिरावट आउन सक्छ । किनकि, समिक्षकले फिल्मलाई कमजोर रेटिङ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्