सर्लाही स्वर्णिम सम्मान २०७७: निखिलसहित १७ जना सम्मानित



रंगखबर, काठमाडौँ – सर्लाहीको बरहथवा नगरपालिकाले आफ्नो जिल्लाका रैथाने कलाकार, पत्रकार तथा फिल्मकर्मीलाई सम्मान गरेको छ ।

‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिइएको कार्यक्रममा अभिनेता निखिल उप्रेती, निर्देशक सम्झना उप्रेती रौनियार, प्रदीप भट्टराई, कवि एवं गीतकार दिनेश अधिकारीलगायत १७ जना सम्मानित भए ।

शनिबार हजरियास्थित खेल मैदानमा आयोजित कार्यक्रममा गायक शिव परियार, हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर), संचारकर्मी तथा गीतकार नरेश भट्टराई रंग पत्रकार प्रदीप कार्की, गायक यश कुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपाली लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम अगाडी कलाकारहरुलाई स्थानिय टायरगाढामा राखेर र्याली निकालिएको थियो । जहाँ निखिल उप्रेतीलाई हेर्न र फोटो खिच्न दर्शकको ठुलो भिड जम्मा भएको थियो ।

अभिनेता उप्रेतीले आफ्नो जन्म जिल्लामा सम्मानित हुँदा खुसि व्यक्त गरेका थिए । नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई देशव्यापी रुपमा चिनाउन योगदान गर्ने व्यक्तिहरुलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।

यो कार्यक्रम रंग पत्रकार नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा आयोजना भएको थियो । आगमी वर्षमा पनि ‘सर्लाही स्वर्णिम सम्मान’लाई निरन्तरता दिने संयोजक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्