यस्तो बन्यो ‘छक्का पन्जा मिडिया’को होली गीत ~ भिडियो ~



रंगखबर, काठमाडौँ – आइतबारबाट यस वर्षको होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठक आसपासमा तीन छत्रे होलीको चीर ठड्याइएपछि नेपालमा होली सुरु भएको मानिन्छ ।

यो वर्ष पहाडमा चैत १५ र तराईमा १६ गते होली मनाइदै छ । यहि होलीको मौका पारेर छक्का पन्जा टिमले नयाँ होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेको छ ।

‘छक्का पन्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौला र सुमित खड्काको स्वर रहेको गीतमा नेपाली र मैथली शब्दहरु समावेश गरिएको छ ।

कुनै समय दीपाश्रीले रेडियो नेपालमा ‘धनियाँ कि दुनियाँ’ नामक कार्यक्रम चलाउने गर्थिन । त्यहि नाम र भूमिकामा आधारित भएर दीपाले होली गीतको म्युजिक भिडियो निर्देशन गरेकी हुन् ।

गीतमा दीपनारायण राजवंशीको शब्द र निरज श्रेष्ठको संगीत छ । शिशिर खतिको कोरियोग्राफीमा तयार म्युजिक भिडियोमा दीपाश्रीसँगै, दीपकराज गिरी, केदार घिमिरे, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरी (भान्जा)लगायतका कलाकारहरु फिचर्ड छन् ।

छक्का पन्जा टिमको अफिसियल युट्युब च्यानल ‘छक्का पन्जा मिडिया’बाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा हरि हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्