अभिनेत्री मौसमी मल्ललाई मातृशोक



रंगखबर, काठमाडौँ – अभिनेत्री मौसमी मल्ललाई मातृशोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो ।

दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे निधन भएको हो । आइतबार दिउँसो पिठुवा आर्यघाटमा गरिएको अन्तेष्टिमा अभिनेत्री मल्लले दागबत्ती दिएको नृत्य निर्देशक गोविन्द राईले जानकारी दिए ।

अभिनेत्री मल्ल भद्र कुमारीकी एक मात्र सन्तान हुन्। उनले बुबा चोप बहादुर सेनको अन्तेष्टिमा पनि दागबत्ती दिएकी थिइन् ।

हाल मौसमीले कावासोतीको हात्तीखोरमा रमाइलो भान्सा घर तथा रिसोर्ट संचालन गर्दै आइरहेकी छन् । हात्तीखोर मै मौसमी र आमा सँगै बस्दै आएका थिए ।

वि.सं. २०४१ सालमा ‘कान्छी’ मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी मौसमीले थुप्रै सफल फिल्म दिएकी छन् । केहि महिना अगाडी मात्रै स्पर्स म्युजिक अवार्डले मौसमीलाई ‘ब्लकबस्टर क्विन’को उपाधिद्वारा सम्मान गरेको थियो ।

मौसमी अभिनित पछिल्लो फिल्म ‘कारखाना’ चार वर्ष अगाडी प्रदर्शनमा आएको थियो । त्यसयता मौसमीका कुनै पनि फिल्म प्रदर्शनमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्