सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक ~ भिडियो ~



रंगखबर, काठमाडौं – गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ । मनिष वशिष्ठको शब्द रचनामा गायक पोखरेलले सुमधुर आवाजमा गीत गाएका छन् ।

अमेरिकामा बस्ने गर्ने गीतकार वशिष्ठको शब्दमा संगीतकार कल्याण सिंहले संगीत भरेका छन् । गीतमा रिदम कँडेलको संगीत संयोजन र प्रदीप जोशीको साउण्ड डिजाइन रहेको छ ।

गीतको भिडियो निर्देशन गम्भीर विष्टले गरेका हुन् । आफ्नै कन्सेप्टमा उनले मोडल गीता ढुंगानासँग जोडी बाँधेका छन् । 

नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोमा सुबोल थापाको कोरियोग्राफी/सहनिर्देशन र नबिन निरौलाको सम्पादन छ । 

यो म्युजिक भिडियो एमबि क्रिएसनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्