‘अर्जुन रेड्डी’को नेपाली रिमेक अडिसन ~ फोटोफिचर ~



रंगखबर, काठमाडौँ – साउथको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको लागि राजधानीमा अडिसन सम्पन्न भएको छ । 

एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा सयौँ युवाहरुको भिड लागेको थियो । निर्माण पक्षका अनुसार अडिसनका लागि दुई हजार जनाले इमेल पठाएका थिए । जसमध्ये अडिसनका लागि ८ सय जनालाई बोलाइएको थियो ।

युवाहरुको उत्साहजनक सहभागिताले राम्रो फिल्म बनाउन हौसला मिलेको निर्देशक विशाल सापकोटाले बताए । अब मुख्य कलाकार छनोट गरेर वर्कसप सुरु गरिने निर्देशक सापकोटाले जानकारी दिए ।

युवा फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मका लागि ओर्जिनल कथाको आधिकारिक राइट्स लिइएको हो । 

‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबिर सिंह’ २०१९ मा प्रदर्शन भएको थियो । जुन फिल्मले विश्वव्यापी ३ सय ८० करोडको व्यापार गर्न सफल भएको थियो ।

तस्विर: आशिष ओली

प्रतिक्रिया दिनुहोस्