फिल्म छायांकनका लागि दाङ उपयुक्त जिल्ला -धिरेन शाक्य



रंगखबर, काठमाडौँ – अभिनेता धिरेन शाक्यले फिल्म छायांकनको लागि दाङ जिल्ला उपयुक्त रहेको बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै दाङ जिल्लाको विकास,प्रवर्द्धन र सम्वर्द्धनमा ध्यान पुर्याउन सके यो जिल्लालाई चलचित्र नगरीको रुपमा विकास गर्न सकिने बताए ।

‘दाङ भौगोलिक हिसाबले केन्द्रिय राजधानीबाट टाढा भएता पनी जिल्लामा चलचित्र छायांकन गर्न सकिने धेरै ठाउँहरु रहेकोले सम्बन्धित निकायबाट ती स्थानको खोजी गरि विकास,प्रवर्द्धन र सम्वर्द्धन गर्नमा ध्यान दिने हो भने जिल्लालाई चलचित्र नगरीको रुप दिन सकिने, जस्कारण भोलिका दिनमा दाङ जिल्ला मेकरको लागी छायांकनको उपयुक्त गन्तव्य बन्नसक्छ।’

शाखा अध्यक्ष शिव पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धिरेनले कोभिड-१९ जोखिममा चलचित्र निर्माण र रिलिजमा निर्माताहरुलाई हतार नगर्न आग्रह पनि गरे ।

‘चलचित्र क्षेत्र कहिलेदेखि चलायमान हुन्छ, त्यो भन्न सकिने अवस्था छैन । कोभिड-१९ को जोखिम यथावत रहेको समयमा निर्माण र रिलिजको लागि हतार नगर्दा राम्रो । बरु यो समयमा चलचित्रकर्मीले आफ्नो कमि-कमजोरी नियालेर निखारता ल्याउने समय हो ।’ उनले भने ।

कार्यक्रममा धिरेनले आफुले बनाउने फिल्मको काममा कोभिड-१९ बाधक बनेको पनि बताए । ‘बैशाखदेखि छायांकन सुरु गर्ने योजना भएपनि कोभिडको त्रास कायमै रहेकाले तत्काल घोषणा सम्भावना छैन । मेरो टिमले अहिले कथा मजबुत बनाउन लागि परेको छ ।’ फिल्म ‘मन्जिल’को छायांकनको लागि दाङ पुगेका शाक्यले भने ।

चलचित्र पत्रकार संघ नेपाल, दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव पुर्ण के.सी.मुस्कानले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्