‘बाबरी’ छायांकन सुरु, अदिति र धिरजको जोडी बाँधिदै



रंगखबर, काठमाडौँ – ‘कृ’ डेब्यु अभिनेत्री अदिति बुढाथोकीको दोस्रो फिल्म ‘बाबरी’को छायांकन सोमबारदेखि सुरु भएको छ ।

मोरङ्ग जिल्लाको लेटाङमा शुभसाइत गर्दै फिल्मको टिम छायांकनमा उत्रिएको हो । सुरेन्द्र पौडेलले निर्देशन गर्ने फिल्ममा अदिति र अभिनेता धिरज मगरको जोडी बाँधिदैछ ।

यहि फिल्मबाट धिरज टोटलानीले डेब्यु गर्दैछन् । उनि अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । ‘बाबरी’मा तृप्तिको पनि अभिनय रहनेछ ।

बाबरी फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ । भने, सुष्मा गुरुङले लगानीमा साझेदारी गर्नेछिन ।

त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्म सिक्किममा पनि खिचिनेछ । फिल्मलाई नरेन्द्र मैनालीले खिचिरहेका छन् ।

४० दिनको छायांकन सेड्युल निकालेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अनमोल गुरुङ र सुजन चापागाईंको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्