गायक प्रेमध्वज प्रधानको निधन



रंगखबर, काठमाडौँ – वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो ।

स्रोतका अनुसार छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षीय प्रधानको उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

वि.सं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रका ‘गोल्डेन भ्वाइस’ उपनामले चिनिन्छ । 

प्रतिक्रिया दिनुहोस्