आना र सुरजको ‘फुल काँडा’ सार्वजनिक ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायिका एलिना चौहान र गायक मानसराजको स्वरमा तयार गीत ‘फुल काँडा’ सार्वजनिक गरिएको छ ।

राज अर्यालको शब्द रहेको गीतमा मानसराजको संगीत छ ।

यो गीतको म्युजिक भिडियो अस्ट्रेलियामा तयार गरिएको हो । हाल अस्ट्रेलियामा रहेका राजु अर्यालले यो गीतको भिडियो निर्देशन गरेका छन् ।

अस्ट्रेलियामै छायांकन गरिएको म्युजिक भिडियोमा आना ढकाल, सुरज पौडेल, उत्सव भट्टराई र राजन कुँवरले अभिनय गरेका छन् ।

आनाले प्रदर्शनको पालो कुरिरहेको फिल्म ‘लप्पन छप्पन २’मा अभिनय गरेकी छन् । उनको यो डेब्यु फिल्म हो ।

जितेन न्यौपाने र सागर तामाङले खिचेको म्युजिक भिडियो सम्पादन दिन्सन शाहले गरेका हुन् । यो गीतलाई ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्