‘दोस्ताना २’ छाडेका कार्तिक ‘सत्यनारायण की कथा’मा



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता कार्तिक आर्यन नयाँ फिल्ममा आवद्द भएका छन् । उनि निर्माता साजिद नाडियाडवालाको आगामी फिल्म ‘सत्यनारायण की कथा’मा फाइनल भएका हुन् ।

बुधबार इन्स्टाग्राममा लोगो भिडियो शेयर गर्दै कार्तिकले आफु नयाँ फिल्ममा आवद्द भएको खबर साझेदारी गरेका हुन् ।

उनि इन्स्टामा लेख्छन, ‘मेरो मनको नजिकको एउटा कथा: सत्यनारायण की कथा । विशेष व्यक्तिहरुसँग विशेष फिल्म ।’

प्रेमकथा प्रस्तुत गर्ने यो फिल्मलाई राष्ट्रिय अवार्ड विजेता निर्देशक समीर विदवान्सले निर्देशन गर्नेछन् ।

यो फिल्मका अन्य कलाकार फाइनल भइसकेका छैनन् । नाडियाडवाला ग्राण्डसन इन्टरटेनमेन्टले यो फिल्म निर्माणमा अर्को व्यानर नम: पिक्चर्ससँग सहकार्य गर्नेछ ।

कार्तिक आर्यन पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनका फिल्म ‘धमाका’ र ‘भुल भुलैया २’ रिलिजको क्रममा छन् । यस्तै केहि समय अगाडी कार्तिक निर्देशक करण जोहरको फिल्म ‘दोस्ताना २’बाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्