एक दिनमै ‘सिन्धु सहयोग कोष’मा ३२ लाख सहयोग घोषणा



रंगखबर, काठमाडौँ – सिन्धुपाल्चोकका बाढी पिडितका निम्ति अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन गरिएको समितिले एक दिनमा झन्डै ३२ लाख संकलन गरेको छ ।

बिहिबार काठमाडौँमा भएको समिति भेलाले ‘सिन्धु सहयोग कोष’ स्थापना गर्दै रकम संकलन गरेको हो ।

‘कोषमा दर्जन बढी कलाकार केहि संघ संस्थाको सहयोग घोषणाबाट ३२ लाख हारहारीमा रकम संकलन भएको छ । संयोजक मल्लले भने, ‘हामि बैंक खाता खोल्दैछौँ । जसले सहयोग घोषणा गर्नु भएको छ उहाँहरुको रकम सिधै बैंक मै जम्मा हुनेछ ।’

सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका ठाउँका बाढी प्रभावितको लागि अस्थायी आवास निर्माणका लागि सहयोग गर्न गठन गरिएको समितिले देश र विदेश दाताहरुलाई सहयोग गरिदिन आव्हान गरेको छ ।

यस्तै यो समितिलाई सहयोग गरेका कलाकारहरुले सहयोगको लागि अपिल गरेका छन् ।

कृष्ण मल्लको संयोजकत्वमा गठन गरिएको समितिमा करिश्मा मानन्धर सहसंयोजक छिन । 

यस्तै कृष्ण ढुंगाना सदस्य सचिव, जितु नेपाल कोषाध्यक्ष, चेतन सापकोटा सहकोषाध्यक्ष रहेको समितिमा भुवन केसी, किरण केसी, श्वेता खड्का, सुनिता दुलाल र पूजा शर्मा सदस्य रहेका छन् ।

‘सिन्धु सहयोग कोष’मा सोभित उप्रेतीले ११ लाख, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले ५ लाख सहयोग गरेका छन् ।

यस्तै अभिनेत्री करिश्मा मानन्धर, अभिनेता भुवन केसी र सुभाष खड्काले १/१ लाख, अभिनेता कृष्ण मल्ल (नेपाल फिल्म सोसाइटी), जनकदीप पराजुली (नेपाल चलचित्र निर्देशक समाज) र निर्देशक दीपाश्री निरौलाले १.०१/१.०१ लाख सहयोग घोषणा गरेका छन् ।

सोभित उप्रेतीले २ लाख ५१ हजार र हास्य कलाकार किरण केसी र राज केसी समुहले २ लाख ५३ हजारले सहयोग गरेका छन् ।

बाँकी सहयोग कसले कति ?

कृष्ण ढुंगानाः ५० हजार ५ सय ५५ रुपैयाँ

कलाकार जितु नेपालः ५१ हजार रुपैयाँ

संगीतकार चेतन सापकोटाः ५० हजार रुपैयाँ

नेपाल चलचित्र कलाकार संघः ५१ हजार रुपैयाँ

चलचित्र वितरक एवं हल संचालक गोपालकाजी कायस्थः २५ हजार रुपैयाँ

कलाकार सुरेन्द्र केसीः २५ हनार रुपैयाँ

नेपाल चलचित्र द्वन्द्व कलाकार संघ(नारायण प्रधान): २५ हजार रुपैयाँ

शिवहरी नेपाल ‘बैरागी’: २५ हजार ५ सय २५ रुपैयाँ

ईन्द्र दोङः ७५ हजार रुपैयाँ

कलाकार मदनदास श्रेष्ठः ५१ हजार रुपैयाँ

मधु कुमार श्रेष्ठः ५१ हजार रुपैयाँ

नेपाल चलचित्र नृत्य संघः २५ हजार रुपैयाँ

गायिका सुनिता दुलालः ५१ हजार रुपैयाँ

अनु उर्मिला सेरचनः १० हजार रुपैयाँ

प्रतिक्रिया दिनुहोस्