सन्दीपसँग दीपाश्रीको ‘आँटिदे मैना’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – कलाकार तथा निर्देशक दीपाश्री निरौला र कलाकार सन्दीप क्षेत्री अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘आँटिदे मैना’ बोलको गीतमा दीपाश्री र सन्दीपले ठुम्का लगाएका छन् । भने, भिडियोमा निर्मल शर्मा (गैडा) र इनु क्षेत्रीले पनि अभिनय गरेका छन् ।

राजेन्द्र भट्ट (मिस्टर आरजे) र नवराज कौलानीको रचनामा पश्चिमेली शब्दहरु प्रयोग गरिएको छ । मिस्टर आरजेको संगीतमा सुगम पोखरेल र समिक्षा अधिकारीले स्वर दिएका छन् ।

दीपाश्री कै निर्देशनमा तयार म्युजिक भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन छ । भने, कपिल पराजुलीले रंग संयोजनको काम गरेका छन् ।

जितेन्द्र स्वाँर कार्यकारी निर्माता रहेको म्युजिक भिडियोका निर्मातामा झंकर कुँवर र गोकुल कुँवर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्