विवाह बन्धनमा बाँधिइन अभिनेत्री सन्ध्या केसी



रंगखबर, काठमाडौँ – अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । आफुले आभूषण ज्योती कंसकारसँग कानुनि विवाह गरेको कुरा उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् ।

‘आभूषण ज्योति कंसाकारसँग मेरो विवाह घोषणा गर्न पाउँदा निक्कै खुसि छु । त्यो मानिस जसले मलाई प्रेम, आदर र कहिल्यै अन्त्य नहुने मित्रताको पाठ सिकाएको छ ।’ सन्ध्या लेख्छिन, ‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आजदेखि हाम्रो हृदय हाम्रो आश्रय हुनेछ र हाम्रो पाखुरा हाम्रो घर हुनेछ ।’

सन्ध्या र आभूषणले आफ्नो प्रेमलाई ‘आध्या’ नाम दिएका छन् । सन्ध्याले समय सहज बनेपछि धार्मिक परम्परा अनुसार पनि विवाह गर्ने उल्लेख गरेकी छन् । सन्ध्या विगत २ वर्षदेखि आभूषणसँग प्रेममा रहेकी थिइन् ।

२०७२ सालमा ‘ड्रिम्स’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सन्ध्याले एक भिजेको रुपमा करिअर सुरु गरेकी थिइन् । त्यसयता उनले फिल्म ‘कमलेको विहे’, ‘ह्याप्पी न्यु ईयर’, ‘पण्डित बाजेको लौरी’ र ‘कथा काठमाडौँ’मा अभिनय गरिसकेकी छन् ।

डेब्यु फिल्म चलेपनि सन्ध्याका बाँकी रिलिज फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका थिएनन् । तर, ‘कथा काठमाडौँ’ र ‘पण्डित बाजेको लौरी’बाट उनको कामको प्रसंशा भएको थियो ।

यस्तै उनि अभिनित फिल्म ‘कमलेको बिहे’ भने निर्माण भएको लामो समयसम्म पनि रिलिज हुन सकेको छैन । यसै फिल्मको ‘टाकान टुकुन’ बोलको गीतले सन्ध्यालाई दर्शक माँझ परिचित बनाउन उल्लेख्य भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्