हुड्का नाँचमा चक्रको ‘छम्म छम्म’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक चक्र बमले नयाँ गीत ‘छम्म छम्म’ सार्वजनिक गरेका छन् । दर्शक माँझ प्राय: पश्चिमेली भाका पस्किने बमले यसपटक पश्चिम पहाडी जिल्लाको हुड्का नृत्यलाई प्रस्तुत गरेका छन् ।

हुड्क्यौली अथवा हुड्के नाच हुड्काको तालसँग गाउदै नाच्ने पनि गरिन्छ। यस नाचमा पुराना कथाहरू समावेश गरेर गाएको पाइन्छ। यो सामूहिक रूपमा सबै जना मिलेर गाउने नाच्ने गरिन्छ। यसमा गायकहरू दुई समूहमा बाँडिएका हुन्छन्। एक समूहमा नाच्ने हुन्छन् नाच्नेहरूलाई हुड्के भन्ने गरिन्छ। अर्को समूहमा सँगसँगै बजाउने र गाउनेहरू हुन्छन्।

हुड्का नृत्य प्राय: गरि पश्चिम नेपालको बैतडी, दार्चुला, कालिकोट जिल्लामा प्रचलित छ । यस्तै भारतको उत्तराखण्ड र उत्तरप्रदेशका केहि जिल्लामा पनि यो नृत्य लोकप्रिय छ ।

गीतमा चक्र कै शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा पनि उनै देखिएका छन् । गीतको सुरुवात मनको भाव व्यक्त गर्छन, ‘चल्ने नचल्ने आफ्नो ठाउँमा छ । तर, यसपाली आत्मसन्तुष्टिका लागि हुड्क्यौली गीत ल्याउछु ।’

उनले लेखेका शब्दले पनि हुड्क्यौली भाकाको जगेर्ना गर्न प्रोत्साहित गर्छन । बिक्रम चौहानको निर्देशनमा तयार म्युजिक भिडियोले गीतको मर्मलाई मर्न दिएको छैन । 

गीतमा केशब बाबुले एरेञ्ज, खडक बाजुरालीले मिक्सिङ, गोपालदेवले बाँसुरी र संजीव बराइलीले काम गरेका छन् ।

प्रकाश खड्काले खिचेको म्युजिक भिडियोको सम्पादन र रंग संयोजनको काम मिलन विश्वकर्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्