डेढ वर्षमा सकियो ‘गंगुबाई काठीयावाडी’को छायांकन



रंगखबर, काठमाडौँ – संजयलीला भन्साली निर्देशित नयाँ फिल्म ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ ।

भन्सालीको मोस्ट अवइटेड फिल्मको छायांकन डेढ वर्षमा सकिएको हो । सन् २०१९ डिसेम्बरमा सुरु भएको छायांकन कोरोना भाइरस र ताउते तुफानको असर बिच डेढ वर्षमा सकिएको हो ।

फिल्मको छायांकन सकिएपछि मुख्य कलाकार आलिया भट्टले भावुक स्टाटस लेखेकी छन् । ‘सन् २०१९ डिसेम्बर ८ तारिखका दिन छायांकन सुरु भएको थियो । २ वर्षपछि छायांकन सकिएको छ । यो फिल्मले छायांकनमा कोरोना भाइरसको दोस्रो लहर र ताउते तुफानसँग संघर्ष गर्यो । यसको बीच निर्देशक र टिमलाई कोरोना संक्रमण भयो । सेटले अनेक समस्याको सामना गर्नु पर्यो । जो एक फिल्म जस्तै थियो ।’

आलियाले अगाडी लेखेकी छन्, ‘ यो सबैको बीच धेरै कुरा भयो । यो जीवन परिवर्तन गर्ने अनुभव थियो । संजय सरको निर्देशन मेरो पुरै जीवनको सपना थियो । आज यो सेटबाट म फरक मानिसको रुपमा देखिएकी छु । आई लभ यु सर, सायद तपाई जस्तो कोहि छैन ।’

उनले अगाडी लेखेकी छन्, ‘कुनै फिल्मको काम सकिन्छ भने त्यो सँगै एक हिस्सा पनि सकिन्छ । यसरी नै मैले आज मेरो जीवनको एक हिस्सा गुमाएकी छु । लभ यु गंगुबाई, तिम्रो कमि महसुस हुनेछ । यो दुई वर्षमा मेरो परिवार जो बन्यौँ । तिमि बिना केहि पनि सम्भव थिएन । म तपाईहरुलाई प्रेम गर्छु ।’

संजयको निर्देशनमा बनिरहेको ‘गंगुबाई काठियावाडी’मा आलियासँगै अजय देवगण, श्नातानु महेश्वरी, विजय राज, हुमा कुरेशी, इमरान हास्मीलगायतका कलाकारहरुको अभिनय छ ।

संजयलीला भन्साली पछिल्लो छिमलमा बलिउडका प्रतिभाशाली निर्देशक हुन् । उनका पछिल्ला फिल्म ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ले बक्सअफिसमा राम्रो व्यापार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्