विकट क्षेत्रका लागि मनिषाले जुटाइन ४१ लाखको अक्सिजन कन्सेन्ट्रेटर्स



रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषाको कोइरालाको संयोजकत्वमा बेलायतबाट ३३ थान अक्सिजन कन्सेन्ट्रेटर्स नेपाल आइपुगेका छन् ।

रविन्द्रजंग लामिछानेको समन्वयमा बेलायतको बोचसन्वसी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले नेपाललाई ४१ लाख (२५ हजार पाउण्ड) बराबरको अक्सिजन कन्सेन्ट्रेटर्स सहयोग गरेको हो ।

प्राप्त सहयोगलाई नेपालका अति विकट क्षेत्रका हस्पिटलमा पुर्याइने संयोजक कोइरालाले जानकारी दिइन ।

‘कोभिड-१९ को महामारी बढेपछि मैले थुप्रै जनासँग सहकार्यका लागि पहल गरेकी थिएँ । त्यसै अनुरुप रविन्द्र भाईको सहायताले हामीलाई बेलायतको बोचसन्वसी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले ३३ थान अक्सिजन कन्सेन्ट्रेटर्स सहयोग गरेको हो ।’ कोइरालाले अगाडी भनिन, ‘यो अक्सिजन कन्सेन्ट्रेटर्स १० लिटर क्षमताको हो । जसले कोभिड-१९ बिरामीको उपचारमा सहयोग पुर्याउछ ।’

‘हामीले विशेष गरि यो सहयोगलाई नेपालका विकट जिल्लाहरुमा पुर्याउने छौँ । जसको लागि हामिसँग ‘एनसिभी-नेपाल’ नामक संस्थाले सहकार्य गरेको छ । अक्सिजनको अभावले कोहि पनि नागरिकले ज्यान नगुमाउनु भन्ने हाम्रो उद्येश्य हो ।’ कोइरालाले प्रष्ट पारिन ।

‘एनसिभी-नेपाल’ नामक संस्थाले २०७२ सालको भुकम्पपछि बिभिन्न स्थानमा सामाजिक सेवा गरेको थियो ।

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्