‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई रिहाई गर्न पल शाहको माग



रंगखबर, काठमाडौँ – अभिनेता पल शाहले ‘हाम्रो टिम नेपाल’का पक्राउ परेका सदस्यहरुलाई रिहाई गर्न माग गरेका छन् ।

समाज सेवामा खटिएका युवाहरुलाई सरकारी जग्गा कब्जा गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि पलले यस कदमलाई सरकारको दमन भनेका छन् ।

उनि फेसबुकमा लेख्छन, ‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउदै आएको, अक्सिजन नभएको ठाँउमा अक्सिजनको सिलिन्डरको ब्यबस्था गर्दै आएको टिम, भुकम्प, बाढी, पहिरो जादा रातदिन नभनि देश भर सेवा गर्दै आएको टिम ‘हाम्रो टिम नेपाल’ माथी आज सरकारले दमन गरेको छ । पक्राउ पर्नु भएका हाम्रो टिम नेपालका सम्पूर्ण साथीहरुलाई चाडो भन्दा चाडो रिहाई गरियोस !’

प्रहरीले हातपात गरि टिमका सदस्यहरुलाई गिरफ्तार गरेको घटनालाई पलले अमानवीय हर्कत भन्दै खेद प्रकट समेत गरेका छन् ।

पल पनि पछिल्लो समय ‘हाम्रो टिम नेपाल’सँग जोडिएर समाज सेवाका काम गरिरहेका थिए । 

प्रतिक्रिया दिनुहोस्