बक्स अफिसलाई आलियाको आशा



रंगखबर, काठमाडौँ: नायिका आलिया भट्ट सानै उमेरमा बलिउड बजारमा आफ्नो लागि नम्बर १ को स्थान सफल बनाउन सकेकी नायिका हुन । उनि संग हरेक निर्माता तथा निर्देशकहरु काम गर्न लालायित हुन्छन ।अहिले आलियाको ख्याति बलिउड बजारमा मात्र नभई पुरा भारतमा छाएको छ ।
अहिले आलिया संग भारतका धेरै ठुला ब्यानरका ६ वटा फिल्महरु हातमा रहेका छन् । त्यस मध्ये कतिपय फिल्महरूको छायांकन सकिसकेको अवस्था छ । यी फिल्महरु बाट भारतीय फिल्म बजारमा बक्सअफिस रेकर्ड तोड ब्यापार हुने अपेक्षा राखिएको छ ।

ब्रह्मास्त्र (Brahmastra)
धर्मा प्रोडक्शनमा बनिरहेको फिल्म जसलाई अयान मुखर्जीले निर्देशन गरेका छन् । ‘ब्रह्मास्त्र ‘ २०२१ को बहुप्रतीक्षित फिल्म मध्यको एक फिल्ममा पर्दछ । यस फिल्ममा आलिया भट्ट, रणबीर कपूर, अमिताभ बच्चनका साथमा साउथ अभिनेता नागार्जुन संग देखिने छिन ।

गंगूबाई काठियावाड़ी (Gangubai Kathiawadi)
संजयलीला भंसालीको निर्देशनमा बनिरहेको ‘गंगूबाई काठियावाड़ी’ को शुट्टिङ्ग हालै पुरा भएको छ । यस फिल्ममा आलिया भट्ट संग अभिनेता अजय देवगन पनि देखिने छन् ।

ट्रिपल आर (RRR)
डायरेक्टर एस.एस. राजामौलीको ‘ट्रिपल आर’लाई पुरा भारतको पर्खाई रहेको छ । यस फिल्ममा आलिया संग अजय देवगन,साउथ फिल्मका सुपर स्टारहरु राम चरण र जुनियर ने टि आर देखिने छन् ।

रकी और रानी की प्रेम कहानी (Rocky Aur Rani Ki Prem Kahani)
धर्मा प्रोडक्शनका तर्फा बाट हालै करण जौहरले यस फिल्मको उदघोस गरेका छन् । फिल्म देखिने कलाकारहरुमा आलिया भट्ट, रणवीर सिंह, धर्मेंद्र, जया बच्चन र शबाना आजमी रहेका छन् ।

डार्लिंग्स (Darlings)
शाहरुख खानको ब्यानर रेड चिलीज एंटरटेनमेंट अन्तर्गत बनिरहेको फिल्म ‘डार्लिंग्स’ आलिया भट्टको विषय आधारित फिल्म हो, जसमा विजय वर्मा अहम भूमिका देखिनेछन ।

तख्त (Takht)
धर्मा प्रोडक्शनले बनाउने भनिएको पीरियड ड्रामा ‘तख्त’ को उदघोश धेरै पहिले भएको हो ।आलियाको यो फिल्मको छायांकन हुन बाकि नै छ । फिल्मको प्रोडक्शनले छायांकन मा केहि समय पश्चात जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्