शिल्पाको ‘हंगकंगको सारी २ कुर्ता’ सार्वजनिक



रंगखबर, काठमाडौँ: ६ बर्ष पहिले सार्वजनिक गरिएको गीत ‘हंगकंगको सारी ‘ को अपार सफलता पछि गायक तिलक ओलीले गायिका समिक्षा अधिकारीको साथमा ‘हंगकंगको सारी २ —-कुर्ता —-‘ गीतको सार्वजनिक गरेका छन् । गीतमा ‘हंगकंगको सारी २ ——कुर्ता ——-‘ मा नायिका शिल्पा पोखरेल र नृत्य निर्देशक / कलाकार शंकर बि सीको अभिनय रहेको छ भने नायक /नृत्य निर्देशक नरेश वीर सिंह पनि गीतको अन्त्यमा क्रमश अंशमा देखा पर्छन ।


गीतमा तिलक ओलीकै शब्द / संगीत अनि संगीत संयोजन रहेको छ । गीतको भिडियो निर्देशन तथा नृत्य निर्देशन अशोक बि क ले गरेका छन् । छायांकन प्रकाश खड्का रहेको छ भने गीतको भिडियो सम्पादन र रंग भर्ने काम राजकुमार मगरले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्