अभिनेत्री जेनीको अन्तिम विदाई



रंगखबर, काठमाडौँ:  अभिनेत्री जेनी कुँवरले बिहीवार साँझ ९ बजे काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी छिन । उनले आत्महत्या गरेको कुरा प्रहरीको प्रारम्भीक अनुसन्धानबाट जानकारी दीइएको हो । घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको र गत एक बर्ष देखि जेनी डिप्रेसनमा रहेको बताइएको छ । जेनीले एक वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी थिइन् । ६ महिना उनी विपश्यना ध्यान शिविरमा पनि बसेकी थिइन् । घटनापछि प्रहरीले कुवँरका श्रीमान कमल कुँवरसँग सोधपुछ गरेको थियो ।

आज शुक्रबार दिनको १ बजे जेनीको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्यस्टिका लागि राखियो र नेपालि फिल्म क्षेत्रका केहि सिमित व्यक्तित्वहरुको उपस्थितीत्वमा श्रधाञ्जलि दीइएको थियो ।
जेनी कुँवरको पार्थिव शरीरमा दागबत्ती उनका भतिज जीवन कुँवरले दिएका थिए ।

अभिनेत्री जेनी कुँवरले अभिनय गरेका चलचित्रहरु ‘मैदान, जीननदाता, ‘जिन्दगानी’ कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ आदि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्