तीन राष्ट्रिय अवार्ड विजेता अभिनेत्री सुरेखा सिकरीको निधन



रंगखबर, काठमाडौँ – बलिउड तथा टेलिभिजन अभिनेत्री सुरेखा सिकरीको निधन  भएको छ ।

शुक्रबार हृदयघातका कारण उनको ७५ वर्षको उमेरमा निधन भएको हो । सुरेखा टेलिसिरियल ‘बालिका बधु’मा निर्वाह गरेको दादिसाको भूमिकाका लागि प्रख्यात छिन ।

यस्तै २०१८ को फिल्म ‘बधाई हो’मा निर्वाह गरेको दुर्गादेवी कौशिकको भूमिकाले पनि सुरेखालाई चर्चित बनाएको थियो । यो फिल्मबाट उनले तेस्रो पटक राष्ट्रिय अवार्ड जितेकी थिइन् । 

६६ औँ राष्ट्रिय अवार्डमा सर्वोत्कृष्ट सहअभिनेत्री अवार्ड जित्दा सुरेखा व्हिलचियरको सहारामा स्टेज चढेकी थिइन् । 

The Vice President, Shri M. Venkaiah Naidu presenting the Rajat Kamal Award to Smt. Surekha Sikri for Best Supporting Actress: Badhaai Ho, at the 66th National Film Awards function, in New Delhi on December 23, 2019…The Union Minister for Environment, Forest & Climate Change, Information & Broadcasting and Heavy Industries and Public Enterprise, Shri Prakash Javadekar and the Secretary, Ministry of Information & Broadcasting, Shri Ravi Mittal are also seen. .

२०१८ मा प्रारालाइटिक स्ट्रोक भएको थियो । यस्तै २०२० मा दोस्रो पटक ब्रेन स्ट्रोक भएपछि उनको स्वास्थ्य झनै जटिल बनेको थियो । 

सन् १९७८ मा पोलिटिकल ड्रामा ‘किस्सा कुर्सिका’बाट फिल्मी यात्रा सुरु गरेकी सुरेखाले थुप्रै बलिउड फिल्म, टेलिसिरियल र दक्षिण भारतीय फिल्ममा बुलन्द अभिनय गरेकी छन् ।

सहअभिनेत्रीको रुपमा सुरेखाले ‘तमास-१९८८’, ‘मम्मो-१९९५’ र ‘बधाई हो-२०१८’सहित तीन पटक राष्ट्रिय अवार्ड जितेकी छन् ।

सुरेखाको निधनले बलिउड र हिन्दी टेलिभिजन दुनियाँ शोकमा डुबेको छ । उनको निधनमा थुप्रै बलिउड सेलेब्सले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्