पूजा र आकाशको ‘धर्ती आकाश’



रंगखबर, काठमाडौँ : गीतकार /संगीतकार अर्जुन पोखरेल तथा टिमले तयार पारेको ‘धर्ती आकाश’ बोलको गीत सार्वजनिक भएको छ । एक जोडीको मिलन र विछोडको कथामा आधारीत गीतको भिडियो सार्वजनिक भएकै तेश्रो दिनमा नै नेपालको युटुब ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ । भिडियोको गीतले दर्शहरुको साथ् राम्रै पाई रहेको छ ।

उक्त गीतमा गायिका दुर्गा खरेल र रोशन अधिकारीको स्वर रहेको छ । गीतमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् भने गीतको मिक्सिंग र मास्टरिङ्ग साजन शाहले गरेका छन् ।

अहिलेका लोकप्रिय नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको अभिनय रहेको गीतको भिडियो निर्देशन विधान कार्कीले गरेका छन् l उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सम्पादन विकास दाहालले गरेका छन् l

प्रतिक्रिया दिनुहोस्