मलिका र कुन्साङ्गको ‘तिम्रो माया’ सार्वजनिक



रंगखबर, काठमाडौँ : निशान भट्टराई र बेनिशा पौडेलको आवाजमा रहेको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन्दिरा ढुंगेलको शब्द र दिपक शर्माको संगीत रहेको छ । राजधानीमा एक कार्यक्रमको बीच मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको छ। राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा मलिका महत र कुन्साङ्ग वोम्जन फिचर रहेका छन् । क्युट जोडीको रुपमा प्रस्तुत गरिएको मलिका र कुन्साङ्गको जोडीलाई गीत सार्वजनिक समारोहमा खुलेर तारिफ गरिएको छ। उत्सव दाहालले खिचेको भिडियोलाइ विकास दाहालले सम्पादन गरेका छन् ।

गीत हेर्नुस :

प्रतिक्रिया दिनुहोस्