किरण गजमेर बने नयाँ ‘द भ्वाइस अफ नेपाल’



रंगखबर, काठमाडौँ – किरण गजमेर ‘द भ्वाइस अफ नेपाल’को नयाँ विजेता घोषित भएका छन् । आइतबार राति साढे १२ बजे भ्वाइस स्टुडियोमा सम्पन्न ग्राण्ड फिनालेमा किरणले अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै तेस्रो सिजनको ट्रफी उचाले ।

टिम प्रमोदका किरणसँगै टिम राजुबाट तारा श्रीष मगर, दीपबाट आर्यन तामाङ र तृष्णाबाट ज्वाला राई फिनालेमा पुगेका थिए । पहिलो पटक महिला फाइनलिस्टको रुपमा फिनालेसम्मको यात्रा तय गरेकी ताराले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

यसअघिका दुवै सिजनमा महिला फिनालेसम्म पुग्न सकेका थिएनन् ।

तेस्रो सिजनको समापनसँगै कोच प्रमोदका लगातार  २ प्रतिस्पर्धी विजेता घोषित भएका छन् । दोस्रो सिजनमा प्रमोद कै टिमबाट राम लिम्बुले ट्रफी उचालेका थिए । भने, पहिलो सिजनमा टिम दीपबाट सिडी विजय अधिकारीले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्