साम्राज्ञी र जितुको जोडी बाँधिने



रंगखबर, काठमाडौँ – पर्दामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र हास्य कलाकार जितु नेपालको जोडी बाँधिने भएको छ ।

साम्राज्ञी र जितुलाई जोडीको रुपमा पर्दापण गर्ने अवसर ‘ड्रिम्स’का निर्माता कपिल रिजालले जुराइदिएका हुन् । फिल्म निर्माता तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालका छोरा कपिलले यस अनटाइटल फिल्मको निर्देशन गर्नेछन् ।

पर्दामा साम्राज्ञी र जितुको जोडी पहिलो पटक बाँधिन लागेको हो । यस्तै दीपक-दीपाको टिमबाट बाहिरिएपछि जितुले पहिलो पटक क्याम्प बाहिरको फिल्म गर्न लागेका हुन् ।

कमेडी लभस्टोरी जनरामा निर्माण हुने यस फिल्मको छायांकन आउँदो भदौ १५ देखि सुरु हुने बताइएको छ । फिल्मलाई काठमाडौँ र पोखराको माथिल्लो भूभागमा खिचिनेछ ।

यस अनटाइटल प्रोजेक्टमा साम्राज्ञी र जितुसँगै कलाकार विजय बरालको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्