फरहानको रोड ट्रिप प्रोजेक्टमा प्रियंका, कट्रिना र आलिया



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले नयाँ फिल्म घोषणा गरेका छन् । उनले आफ्नो निर्देशनमा रोड ट्रिपमा आधारित फिल्म ‘जी ले जरा’ बनाउने घोषणा गरेका हुन् ।

आफ्नो पहिलो फिल्म ‘दिल चाह्ता हे’को २० वर्ष पुगेको उपलक्ष्यमा घोषणा गरिएको फिल्ममा प्रियंका चोपडा जोनस, कट्रिना कैफ र अलिया भट्टले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

यो फिल्मलाई २०२१ को ‘बिगेस्ट अनाउन्समेन्ट’ भनिएको छ । प्रियंका, कट्रिना र अलियाले पहिलो पटक स्क्रिन साझेदारी गर्ने यो फिल्मलाई बक्सअफिसले विशेष रुपमा हेरेको छ ।

एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मलाई २०२२ मा खिचिनेछ । भने, २०२२ मा रिलिजको लक्ष्य राखिएको छ ।

फरहानले यो फिल्मको शिर्षक आफ्नै लेखन र निर्माण रहेको फिल्म ‘तलास’को ‘जी ले जरा’ गीतबाट उठाएका हुन् । 

रोड ट्रिपको कथामा फरहानले यसअघि ‘दिल चाह्ता हे’ र ‘जिन्दगी ना मिलेगी दोबारा’ निर्माण गरिसकेका छन् । रोड ट्रिप जनरालाई ‘जी ले जरा’ले माथिल्लो लेभलमा पुर्याउने विश्वास गरिएको छ ।

‘जी ले जरा’ फरहानको निर्देशनमा कमब्याक फिल्म पनि हो । १० वर्ष अगाडी रिलिज ‘डन २’पछि फरहानले आफूलाई अभिनय, लेखन, निर्माण र गायकीमा मात्र प्रस्तुत गर्दै आएका थिए ।

जोया अख्तर, फरहान अख्तर र रीमा कागतीले लेखेको ‘जी ले जरा’मा रीमा कागती, रितेश सिधवानी, जोया अख्तर र फरहान अख्तरको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्