बेल बटम BO: विकेन्डमा १३ करोडको व्यापार



रंगखबर, काठमाडौँ – कोरोना महामारीका बीच हलमा रिलिज भएको फिल्म ‘बेल बटम’ले पहिलो विकेन्डमा घरेलु बक्सअफिसबाट १३.२५ करोड कमाई गरेको छ ।

अक्षय कुमार स्टारर फिल्मले पहिलो र दोस्रो दिन समान २.७५ करोडको व्यापार गर्यो । तेस्रो दिन व्यापारमा छलाङ मार्दै फिल्मले ३.२५ करोड कलेक्सन गर्न सफल भयो ।

आइतबार परेको रक्षा बन्धनको विदामा फिल्मको कलेक्सन झनै उकालो लाग्यो । साताको अन्तिम दिन ४.५० करोडको व्यापार गर्दै फिल्मले १३.२५ करोड कलेक्सन गरेको छ ।

महामारीको समयमा ‘बेल बटम’ले गरेको व्यापारलाई सन्तोषजनक मानिएको छ । तर, यहि रफ्तारले बक्सअफिसबाटै फिल्मले बजेट रिकभर गर्न सक्ने छैन ।

हुनत ‘बेल बटम’ले स्याटेलाइट, डिजिटल र आर्थिक सहायताबाटै राम्रो रकम हात पारिसकेको छ । त्यसैले हलबाट हुने कमाई नाफाको हुनेछ ।

रञ्‍जित एम तिवारीले निर्देशन गरेको स्पाई थ्रिलर फिल्ममा अक्षयसँगै वाणी कपूर, लारा दत्त, हुमा कुरेशीलगायतका कलाकारहरु अभिनय छ ।

यो फिल्म भारतका ९०० बढी हलबाट सार्वजनिक प्रदर्शनमा आएको थियो । सामान्य अवस्थामा ३५ सयदेखि ५ हजार बढी हलमा ठुला फिल्म प्रदर्शनमा आउथ्ये ।

प्रतिक्रिया दिनुहोस्