१२६ दिनपछि उपत्यकामा हल खुल्दै



रंगखबर, काठमाडौँ – काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रमुखहरुले भोलि बिहिबारदेखि उपत्यकामा हल खोल्ने निर्णय गरेका छन् । 

यो निर्णयसँगै १२६ दिनदेखि बन्द रहेका हलका ढोका खुल्ने पक्का भएको छ । कोरोनाको दोस्रो लहरका कारण बैशाख १६ देखि देशभरका हल बन्द भएका थिए ।

बुधबार बसेको बैठकले उपत्यकामा सुरक्षाका मापदण्ड अपनाएर हल खोल्ने अनुमति दिएको हो । जिल्ला प्रशासनले हलमा सुरक्षाका मापदण्ड पालना भए नभएको बारे पनि अनुगमन गर्नेछ ।

काठमाडौँ उपत्यकाका हल खोल्न अनुमति दिएपनि मोफसलमा हल खोल्नेबारे निर्णय भएको छैन ।

दोस्रो लहरको संक्रमणमा कमि आएसँगै भारतका अधिकाँस राज्यमा पनि हल खुल्ला भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्