सौगात, अनुपविक्रम र गीताञ्जलीको ‘जार’ पोस्टर रिलिज



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री गीताञ्जली थापाका साथै नेपाली अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही अभिनित फिल्म ‘जार’को पोस्टर रिलिज गरिएको छ ।

फुर्वा छिरिङ लामाले निर्देशन गरेको फिल्म सत्य कथामा आधारित बताइएको छ । सन् १८ सयको अन्तिम दशकमा सिक्किमेली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले प्रस्तुत गरेको छ ।

सार्वजनिक पोस्टरमा गीताञ्जलीलाई केन्द्रमा राखिएको छ । महिला केन्द्रित फिल्मको पोस्टरमा सौगात र अनुपविक्रमलाई पृष्ठभुमिमा देखाइएको छ । पृष्ठभुमिमा दुई युवकहरुको द्वन्द्व पनि देख्न सकिन्छ ।

निर्माण पक्षले पोस्टर सार्वजनिक गरेपनि फिल्मको कथाबस्तु र कलाकारको पात्रबारे खुलासा गरेको छैन ।

गान्तोककी गीताञ्जलीले भारतको प्रतिष्ठित राष्ट्रिय अवार्डसमेत जितिसकेकी छन् ।

इन्द्र बहादुर राईले लेखेको ‘जार’मा झुमा लिम्बु/गंगा थापाको संगीत र अखिलेश राईको सम्पादन छ ।

लकडाउन अगाडी खिचिएको यो फिल्मलाई यसै वर्ष रिलिज गर्ने टिमको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्