‘थाहै नपाई’मा आश्मा र कुशलको रोमान्स ~ भिडियो ~



रंगखबर, काठमाडौँ – आरके खत्रीको शब्द, संगीत र स्वर रहेको रोमान्टिक गीत ‘थाहै नपाई’ रिलिज भएको छ । उनलाई गायकीमा मेलिना मैनालीले साथ दिएकी छन् ।

मकवानपुर जिल्लाको रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा अभिनेत्री आश्मा गिरी र मोडल कुशल बिष्ट फिचर्ड छन् । भिडियोमा आश्मा र कुशलको जोडी सुहाएको छ ।

निर्देशक सहिन प्रजापतिले यो गीतको भिडियोलाई फिल्मी शैलीमा निर्माण गरेका छन् । 

नवराज उप्रेतीले खिचेको म्युजिक भिडियोमा प्रलभ ढुंगाना र कौशलराज खड्काले लगानी गरेका छन् । भने, यसको सम्पादन रुपेश खड्काले गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्