प्रदिप र अमृताको ‘गेट रेडी’ सार्वजनिक



रंगखबर, काठमाडौँ : बिगत लामो समय देखी कलाकारीतामा लागेका नायक प्रदीप बस्तोला र उनको टिम मिलेर ‘गेट रेडी’ गीत को भिडियो सार्वजनिक गरेका छन् । । गेट रेडी मा पपुलर र्यापर गिरिश खतिवडा को बिट रहेको छ भने बुलेट फ्लो र नायक प्रदीप ले गाएका छन्, उक्त भिडियो मा उनिहरुकै प्रस्तुती रहेको छ भने फिमेल मोडल मा अमृता खनाल र मनिता श्रेष्ठ छन् ।

भिडियो लोकेन्द्र ले खिचेका हुन् भने एडिट पनि उनैले गरेका हुन् र डिरेक्सन प्रदीप स्वयम को हो । नायक प्रदीप र र्यापर गिरिशको यो दोश्रो शहकार्य हो दुबै गीत गिरिश खतिवडा युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । प्रदीपले केही महिना अघी ‘पिपल चौतारी’ नामक गीतको भिडियो आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरेका थिए र उक्त भिडिओमा पनि आफ्नो शह अभिनेत्रीको रुपमा आफ्नै श्रीमती लाई प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्