बिग बोस – १५: सलमानको चकित पार्ने पारिश्रमिक



रंगखबर, काठमाडौँ – बलिउड सुपरस्टार सलमान खान छिट्टै नै ‘बिग बोस’को नयाँ संस्करण लिएर दर्शक माँझ आउदै छन् ।

सेप्टेम्बर १८ मा ‘बिग बोस – ओटिटी’को प्रशारण सकिएसँगै सलमानले टेलिभिजनमा यसको १५ औँ सिजन ल्याउन लागेका हुन् ।

यो बहुप्रतिक्षित रियालिटी शोको लागि सलमानले महँगो पारिश्रमिक लिएका छन् । उनले शोको १४ हप्ताको लागि ३ सय ५० करोड भारु चार्ज गर्नेछन् ।

नयाँ सिजनको लागि सलमानले १५ प्रतिशत पारिश्रमिक बढाएका हुन् । उनको पारिश्रमिकबारे कलर्स र भायकम १८ ले भने आधिकारिक रुपमा जानकारी दिएका छैनन् ।

‘बिग बोस – १५’ आगामी अक्टुबर ३ देखि कलर्स टेलिभिजनमा प्रिमियर हुनेछ । सलमानले  १५ औँ सिजनसँगै सर्वाधिक १२ पटक ‘बिग बोस’को होस्ट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्