राज कुन्द्रालाई मिल्यो जमानत



रंगखबर, काठमाडौँ – पोर्नोग्राफी केसमा २ महिनासम्म जेलमा रहेका व्यापारी राज कुन्द्रा जमानतमा रिहा भएका छन् । 

मजिस्ट्रेट अदालतले सोमबार कुन्द्रालाई ५० हजार जरिवानासहित जमानतमा रिहा गरेको हो । २६ वर्षिया राजलाई मुम्बईको आर्थर रोडस्थित जेलको न्यायिक हिरासतमा राखिएको थियो ।

उनि मंगलबार विहान साढे ११ बजे जेलबाट रिहा भए ।

कुन्द्रालाई अश्लिल फिल्म बनाउने र त्यसलाई ओटीटि प्लेटफर्मको माध्यमबाट बेच्नेको आरोप लागेको थियो । त्यसपछि १९ जुलाईमा सोधपुछका लागि उनलाई पक्राउ गरिएको थियो ।

कुन्द्रा चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति हुन् ।

प्रतिक्रिया दिनुहोस्